१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु, डाक्टर र ‘प्रेमी’ पक्राउ 

हरि गौतम

रुकुम पूर्व — गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु भएपछि गर्भपतनमा संलग्न डाक्टरसहित अर्का एकजना पक्राउ परेका छन् । सिस्ने गाउँपालिका–६ को रुक्मिणी अस्पतालमा कार्यरत झापा भद्रपुर नगरपालिका घर भएका डक्टर रुपेशकुमार सिंह र ती महिलाका प्रेमी भनिएका सिस्ने गाउँपालिका–४ दादिङका गणेश घर्ती पक्राउ परेका छन् । 

गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु, डाक्टर र ‘प्रेमी’ पक्राउ 

साउन २० गते राति सवा ८ बजे २६ वर्षीया पुष्पा घर्तीको गर्भपतन गराउँदा उनको र पेटमा रहेको २२ हप्ताको बच्चाको मृत्यु भएको थियो । डाक्टरले गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । पुष्पासँगै उनको पेटमा रहेको बच्चासमेतको मृत्यु भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

गर्भपतन गराउने डाक्टरसहित पुष्पाका प्रेमी भनेर गर्भपतन गराउन लिएर गएका गणेशसमेत पक्राउ परेको डिएसपी बज्राचार्यले बताए । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ । रुकुमकोट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ माइती भएकी पुष्पाको बिहे भने रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकामा भएको बताइएको छ । उनी दुई छोरीका साथ रुकुमकोटमा बस्दै आएकी थिइन् । यसअघि पनि उक्त अस्पतालले लापरबाही गरेको खबर सार्वजनिक भएको थियो । उक्त अस्पतालले बिना जाँच र हाइ डोजको औषधि दिने गरेको गुनासो जिल्लाभर छ ।

प्रकाशित : श्रावण २२, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?