१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कपिलवस्तुमा शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

कपिलवस्तुमा शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले सरकारी कार्यालय,बैंक तथा वित्तीय कार्यालयबाट प्रदान गरिने सबै सेवा र सार्वजनिक यातायातका सेवा शुक्रबारबाट पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

साउन २३ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म १० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । उक्त अवधिमा जिल्लामा जोरविजोर नम्बरका आधारमा सवारी साधान सञ्चालन गर्न दिने निर्णय भएको छ ।

प्रदेशमा सबैभन्दा बढी र मुलुकमा पाँचौ बढी संक्रमित कपिलवस्तुमा छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९१ छ ।

प्रकाशित : श्रावण २२, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?