प्रदेश ५ सरकारले प्रादेशिक प्रशिक्षण प्रतिष्ठान बनाउने

अमृता अनमोल

बुटवल — जनप्रतिनिधि र कर्मचारीलाई जिम्मवारी अनुसारको काममा दक्ष बनाउन भन्दै प्रदेश ५ सरकारले प्रादेशिक प्रशिक्षण प्रतिष्ठानको गठन तथा सञ्चालन गर्ने भएको छ ।

प्रदेश ५ सरकारले प्रादेशिक प्रशिक्षण प्रतिष्ठान बनाउने

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बन्ने प्रतिष्ठानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्नेछ । बिहीबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको गठन तथा कार्य सञ्चालन आदेश २०७७ लाई स्वीकृत गरेको हो ।

यस्तै, कर्मचारीलाई अनुशासित र मर्यादित बनाइ सुशासनमा राख्‍न बनाइएको प्रदेश सेवामा कार्यरत कर्मचारीको व्यवस्थापन कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई छुट्टै तालिम तथा सहजीकरण गर्ने भएको छ । त्यसका लागि प्रदेश स्वास्थ्य तालिम सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत भएको छ । प्रदेश ५ सरकारले विभिन्न विधाबाट विशिष्ठ काम गरेका व्यक्तिहरुलाई वार्षिक रुपमा वितरण गर्ने प्रदेश पदक ऐनमा समेत संशोधन गर्न समेत मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।

प्रकाशित : श्रावण २२, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?