१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तौलिहवामा बैंकका थप ८ कर्मचारी संक्रमित

मनोज पौडेल

कपिलवस्तु — तौलिहवामा थप तीन बैंक तथा वित्तीय संस्थाका आठ कर्मचारीमा कोरोना देखिएको छ । ग्लोबल आईएमई बैंकका तीन, गुह्येश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेडका चार र मेगा बैंकका थप एक जनामा बिहीबार संक्रमण पुष्टि भएको हो ।

तौलिहवामा बैंकका थप ८ कर्मचारी संक्रमित

यी बैंकका शाखा सिल गरिएको छ । मेगामा बुधबार पनि एक कर्मचारीमा संक्रमण देखिएको थियो ।

बैंकका सीमित कर्मचारीको स्वाब नमुना परीक्षण गर्दा संक्रमण देखिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । ‘हेलमेलमा रहेका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न भनेका छौं,’ उनले भने ‘उनीहरूको आइतबार स्वाब संकलन गरिनेछ । संक्रमित सबै होम आइसोलेसनमा बसेका छन् ।’

यसअघि बुधबार तौलिहवाका ३ र कृष्णनगरका २ बैंकका शाखा सिल गरिएका थिए । तौलिहवामा मेगाका एक, लक्ष्मीका एक र तिनाउ मिसन बैंकका २ कर्मचारीमा संक्रमण देखिएको थियो । त्यस्तै कृष्णनगरको एभरेष्ट बैंकका एक र नेपाल बैंकका २ कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएपछि शाखा सिल गरिएको मैंगा बैंक तौलिहवा शाखाका प्रबन्धक राजेन्द्र शर्माले बताए । ‘लोन, क्यास र ऋण शाखामा काम गर्ने कर्मचारी संक्रमित भएका छन्,’ उनले भने, ‘सेवाग्राहीको सुरक्षाका लागि सबै सेवा बन्द गरेका हौं ।’ बैंकका सबै कर्मचारीको पीसीआर परीक्षण गराएर अवस्था सामान्य नभएसम्म सेवा नियमित नगरिने उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?