१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुटवलको कोरोना अस्पतालमा ‘सिस्टर रोबोट’

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्पतालका बिरामीलाई औषधि पुर्‍याउन ‘सिस्टर रोबोट’ प्रयोग गरिने भएको छ । यूएनडीपीले बुधबार अस्पताललाई रोबोट उपलब्ध गराएको हो ।

बुटवलको कोरोना अस्पतालमा ‘सिस्टर रोबोट’

यूएनडीपीका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनालले अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई रोबोट हस्तान्तरण गरे ।

संक्रमितसँग हेलमेल भइराख्नुपर्ने नर्सलगायत स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराइएको यूएनडीपीका प्रदेश संयोजक सुदीप अर्यालले बताए । २ लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो । एसोसिएसन अध्यक्ष विकास गुरुङका अनुसार रिमोट कन्ट्रोलबाट चल्ने रोबोटले औषधि, खानेकुरा, लुगा बिरामीसम्म पुर्‍याउन सक्छ । यसले ५ सय मिटर परसम्मको भिडियो पनि लिन सक्ने भएकाले चिकित्सकले टाढै बसेर पनि बिरामीको अवस्था जन्न सक्छन् । बिरामीलाई नर्सले जस्तै हेरचाह गर्ने भएकाले यसको नाम ‘सिस्टर रोबोट’ राखिएको हो ।

अस्पतालका फोकल पर्सन थापाले ‘सिस्टर रोबोट’ले नर्सहरूलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन सहयोग पुग्ने बताए । ‘केही व्यवस्थापनका काम गरेर रोबोट प्रयोगमा ल्याइनेछ,’ उनले भने ।

प्रकाशित : श्रावण २१, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?