कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बुटवलमा सडक मिचेर बनाइएका घर भत्काइए

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवल उपमहानगरपालिका ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको छ । सडक ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरिए पनि अटेरी गरेको भन्दै उपमहानगरपालिकाले बुधबार बिहानै डोजर पठाएर घर भत्काएको हो ।

बुटवलमा सडक मिचेर बनाइएका घर भत्काइए

उक्त सडक ८२ फिट फराकिलो बनाइँदै छ । उपमहानगरले सडक मिचेका घर भत्काउन घरधनीहरूलाई साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । म्यादभित्र कसैले पनि घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । कालिकापथलाई उपमहानगरपालिकाले वैकल्पिक सडकका रूपमा विस्तार गर्ने योजना बनाएको छ ।


बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न ३ वर्ष लाग्ने र झन्डै एक अर्ब खर्च हुने उल्लेख छ ।

प्रकाशित : श्रावण २१, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?