१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपालगन्ज कारागारका ७ थुनुवालाई कोरोना

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज कारागारका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज कारागारका ७ थुनुवालाई कोरोना

भेरी अस्पताल नेपालगन्जले मंगलबार दिएको रिपोर्ट अनुसार कारागारबाट संकलन गरिएका स्वाब मध्ये १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । ती मध्ये ७ जना थुनुवा रहेको बाँके कारागार प्रमुख देबेन्द्र श्रेष्ठले बताए ।

आइतबार कारागार परिसरमा २१ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । यसअघि पनि कारागारमा थुनुवा र प्रहरीलाई कोरोना देखिएको थियो ।

यसैबीच, वडा प्रहरी कार्यालयका ६ जना प्रहरीलाई पनि कोभिड-१९ पोजिटिभ देखिएको छ ।

प्रकाशित : श्रावण २०, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?