१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाँकेमा थप ११ जनामा कोरोना

मधु शाही

बाँके — बाँकेमा सोमबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेमा थप ११ जनामा कोरोना

नेपालगन्जका २ जनासहित ९ जनालाई कोरोना पुष्टि भएको हो । जसमा ७ जना रुकुम पूर्वका छन् । भेरी अस्पताल, नेपालगन्जले दिउँसाे साढे २ बजे सार्वजनिक गरेको विवरणमा नेपालगन्जको ४, १०,१४, १७ र २० नम्बर वडामा कोरोना देखिएको छ ।

एक जना वडा अध्यक्षसहित ७ जना कर्मचारीलाई कोरोना संक्रमण भेटिएको जिल्ला प्रमुख प्रशासन अधिकारी रामबहादुर कुरुम्वाङले बताए । ५ दिनभित्र ६७ जना संक्रमित देखिएको हो ।

संक्रमण बढ्दै गएपछि बाँकेमा आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । स्थीति भयावह हुने सम्भाना देखिएकाले निषेधाज्ञा थप गर्नु पर्ने सिडियो कुरुम्वाङले जनाए ।

वडा अध्यक्षलाई कोरोना भेटिएपछि नेपालगन्ज उपमहानगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?