पोखरीमा डुबेर रुपन्देहीमा एकको मृत्यु 

अमृता अनमोल

बुटवल — माछालाई दाना हाल्ने क्रममा पोखरीमा डुबेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । 

तिलोत्तमा नगरपालिका–६ पूर्व पौनीका ४६ वर्षीय रामबहादुर चौधरी आफ्नै माछा पोखरीमा माछालाई दाना हाल्ने क्रममा एक्कासि पोखरीमा डुबेका थिए । दिउँसो पौने १२ बजे पोखरीमा डुबेका उनलाई घरपरिवार र छिमेकीको सहयोगमा निकालिएको थियो ।

क्रिमसन अस्पताल मणिग्राममा तत्काल उपचारमा लगेपनि उपचारको क्रममा दिउसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?