कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विद्युतीय पासोमा दाजुभाइको मृत्यु

दुर्गालाल केसी

दाङ — जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर सोमबार घोराहीमा एकैघरका दाजुभाइको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ हर्नोकका ३५ वर्षीय दिलबहादुर रावतले मकै खाने जंगली जनावरलाई लक्षित गरी थापेको करेन्टको पासोमा परेर उनका छोराहरु १४ वर्षीय विरबल र १० वर्षीय तेजबहादुरको मृत्यु भएको हो ।

छोराहरुलाई बचाउन गएका दिलबहादुर पनि करेन्ट लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उनले जानकारी दिए ।

जंगली जनावरले मकै खाएर सताएपछि उनले करेन्टको पासो थापेका थिए । सोमबार बिहान जनैपूर्णिमाको अवसरमा मकै चढाउनुपर्ने भएकाले बारीमा मकै खोज्न गएको बेला छोराहरु विद्युतीय पासोमा परेका थिए ।

प्रकाशित : श्रावण १९, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?