कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ठाकुरबाबा नगरपालिकामा तालाबन्दी

ठाकुरसिंह थारु

बर्दिया — नेपाल शिक्षक संघ नगर समिति बर्दियाले ठाकुरबाबा नगरपालिकाले ल्याएको शिक्षकहरुको सरुवा सम्बन्धी नियम खारेजीको माग गर्दै आइतबारदेखि तालाबन्दी गरेको छ । 

ठाकुरबाबा नगरपालिकामा तालाबन्दी

सुधारोन्मुख अवस्थामा रहेको ठाकुरबाबाको शिक्षालाई स्वाच्छाचारी तरिकाले शिक्षकहरुको सरुवा गर्ने, आतंकित बनाउने कार्य भएको भन्दै तालाबन्दी गरिएको हो । नेपाल शिक्षक संघ नगर समिति ठाकुरबाबाका अध्यक्ष खडकप्रसाद उपाध्यायले विभेदपूर्ण व्यवहारका कारण तालाबन्दीमा उत्रिनु परेको बताए । उनले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

उनका अनुसार नगरपालिकाले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०७४ र नगर शिक्षा ऐन २०७५ र शिक्षक व्यवस्थापन कार्यविधि २०७४ का सम्पूर्ण प्रावधान समेतलाई पन्छाउँदै स्वविवेक र स्वेच्छाचारी प्रवृत्तिबाट राजनितिक आस्थाका आधारमा आफु अनुकुल नभएका व्यक्तिलाई पन्छाउने र तह लगाउनेका लागि विभेदपूर्ण शिक्षक सरुवा नियम ल्याइएको छ । त्यसका विरुद्ध नेपाल शिक्षक संघले शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मार्फत नगर शिक्षा समितिलाई विरोध पत्र बुझाइ निर्णय खारेज नभए सम्मका लागि शिक्षा शाखामा तालाबन्दी गर्ने जनाएको छ ।

त्यस्तै विद्यालय र शिक्षा शाखामा आउँदा हातमा कालोपट्टि बाँधेर र घाँटीमा विभेदपूर्ण शिक्षक सरुवा खारेज गर लेखिएको प्लेकार्ड झुन्ड्याएर विरोध गर्ने बताइएको छ । माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अगाडि बढाउने निर्णय संघले गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?