कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सिद्धबाबा नजिकै ढुंगा खस्दा ३ जना घाइते

कान्तिपुर संवाददाता

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकैको छर्छरे झरनामा माथिबाट खसेको ढुंगा लागेर शनिबार बेलुकी जीपमा सवार एक र दुई जना पैदलयात्री घाइते भएका छन् । 

सिद्धबाबा नजिकै ढुंगा खस्दा ३ जना घाइते

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च ४१५१ नम्बरको जिपमा सवार गरी आएका जिल्ला पाल्पा बगनासकाली गाउँपालिका (२ पोखराथोक बस्ने ३२ वर्षीय चुरामणि न्यौपाने, तिनाउ गाउँपालिका–२, दोभान लामाचौपारीका ५३ वर्षीय लक्ष्मण श्रेष्ठ र उनकी श्रीमती ४५ वर्षीय लक्ष्मी श्रेष्ठ रहेको सिद्धबाबा मन्दिरका सहायक मुल पुरोहित लक्ष्मीपति सापकोटाले जानकारी दिए ।

सिद्धबाबा मन्दिरमा ड्युटी सकेर घर फर्किने क्रममा माथिबाट अचानक ढुंगा खस्दा उनीहरु घाइते भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरुलाई तत्कालै उपचारका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । लक्ष्मणको खुट्टामा गहिरो चोट लागेको तिनाउ–३ का कृष्णप्रसाद पाण्डेयले जानकारी दिए । उनलाई प्रादेशिक अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको उपचारमा सँगै गएका पुरोहित सापकोटाले जनाए । लक्ष्मीको अवस्था भने सामान्य छ । सिद्धबाबादेखि दोभान क्षेत्रसम्म पैदल र सवारी साधनमा हिँड्न खतरा रहेको छ ।

प्रकाशित : श्रावण १८, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?