कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पहिरोले गुल्मीमा ८ घरपरिवार विस्थापित

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ आँटीपाटा गाउँका ८ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । माथिबाट पहिरोसहित बगेर आएको ठूलो ढुंगाले शुक्रबार बेलुका स्थानीय राजु माझीको घर बगाउँदा उनकी ३० वर्षीय श्रीमती विना, १० वर्षीय छोरा सागर, ७ वर्षीय छोरा हेमन्त र १० महिनाकी छोरी छोरी विनिताको घटनास्थलमै निधन भएको थियो । 

बस्तीमाथिको पहाड र मोटरबाटो भएकाले पानी पर्दा पहिरो खस्ने डरले ८ घरका ३७ जनाले बस्ती छाडेका वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले बताए । शुक्रवार दिनभर परेको अविरल वर्षाका कारण पहिरो गएको थियो । वडाध्यक्ष ज्ञवालीले भने, 'बस्ती माथिको पहाड चर्किएर चिरैचिरा परेको छ, जतिबेला पनि पहिरो खस्ने डर भएकाले उनीहरुलाई स्थानीय जनजागरण आधारभूत विद्यालयका कक्षाकोठामा राखेका छौं ।' उनका अनुसार स्थानीय प्रेमबहादुर थापा, विष्णु माझी, तिलक माझी, लोपबहादुर बोटे माझी, भूपाल माझी, हिमाल माझी, चुनमता माझी र किसन माझीका परिवारलाई स्कुलमा राखिएको उनले बताए । घरमाथि ठूलो पहाड छ, धेरै ठाउँ चर्किएर चिरा परेको छ, पानी पर्दा जतिबेला पनि पहिरो जान सक्ने भएकाले घर छाडेर ज्यान जोगाउन स्कुलमा आएको प्रेमबहादुर थापाले बताए ।

उनीहरुलाई खानेबस्ने व्यवस्था गाउँपालिकाले गरेको छ । वर्षाका कारण सड्क अवरुद्ध भएकाले घटनास्थलमा गुल्मी प्रशासन, दलका नेता र जनप्रतिनिधिको टोली शनिबारमात्रै आएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?