तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत १४ लाखसहित अख्तियारको नियन्त्रणमा

दुर्गालाल केसी

दाङ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई स्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित शुक्रबार नियन्त्रणमा लिएको छ ।

तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत १४ लाखसहित अख्तियारको नियन्त्रणमा

स्रोत नखुलेको अस्वाभाविक रकम लिई हिँडेको सूचनाका आधारमा केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले काठमाडौंको नागढुंगामा उपाध्याय सवार बा २ झ ४०९९ नम्बरको सरकारी गाडीमा खानतलासी गर्दा स्रोत नखुलेको रकम फेला पारेको आयोगले जानकारी दिएको छ ।

१ लाख २४ हजार ७ सय ५० नगद् र फिक्स्ड तथा बैंक डिपोजिट गरिएका १३ लाख २४ हजार ४६ रुपैयाँका रस्सिहित उपाध्यायलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

प्रकाशित : श्रावण १७, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?