रुपन्देहीमा खोलाले बगाउँदा २ जना बेपत्ता

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

शुक्रबार जिल्लाको सियारी गाउँपालिका–३ जगहता बस्ने ६ वर्षीया ज्योती चौधरी भैसाखादरस्थित मामाघरमा गएको र बाख्रा चराउन जाँदा तिनाउ खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन् । उनको इलाका प्रहरी कार्यालयबाट खोजी कार्य भइरहेको छ ।

यसैगरी बुटवल उपमहानगरपालिका ११ झोलुंगे पुलस्थित तिनाउ खोलामा दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १९ वर्षीय हरी दर्जीलाई पानीले बगाउँदा बेपत्ता भएका हुन् । उनको समेत खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?