दाङमा बाढीले दुईवटा एम्बुलेन्स बगायो, चालकसहित ११ जनाको उद्धार

दुर्गालाल केसी

दाङ — लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलामा आएको बाढीले दुईवटा एम्बुलेन्स बगाएको छ । बाढीले बुधबार बिहान एम्बुलेन्स बगाएपछि प्रहरी र स्थानीयको सहयोगमा चालकसहित ११ जनाको उद्धार गरिएको छ ।

दाङमा बाढीले दुईवटा एम्बुलेन्स बगायो, चालकसहित ११ जनाको उद्धार

कपिलवस्तुबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च ८११ नम्बरको एम्बुलेन्स घोराही उपमहानगरपालिका ४ स्थित सिस्ने खोलाले बगाएर १५ मिटर तल पुर्‍याएको थियो । प्रहरीले डोजरको सहायताले एम्बुलेन्स र त्यसमा सवार चालकसहित ६ जनालाई सकुशल उद्धार गरेको थियो ।

यसैगरी घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ च ८९२ नम्बरको एम्बुलेन्स घोराही ११ स्थित हापुर खोलाले बगाएको थियो । खोलाले २० मिटर तल पुर्‍याएको एम्बुलेन्स क्रेनको सहायताले निकालिएको थियो । एम्बुलेन्सबाट चालकसहित ५ जनाको सकुशल उद्धार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले बताए ।

लमही–घोराही–तुलसीपुर सडकखण्डका सिस्ने, सेवार, हापुर र पत्रखोलामा बाढी आउँदा यातायात सञ्चालनमा समेत समस्या भएको छ । जीप, कार, मोटरसाइकल, स्कुटर, साइकल जस्ता साना सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?