दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

दुर्गालाल केसी

दाङ — पहिरोले घर पुरिँदा दाङमा आमाछोरीको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका–५ मा बुधबार बिहान खसेको पहिराले घर पुरिएपछि २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्माको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।


प्रकाशित : श्रावण १४, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

ओली र दाहाललाई पार्टी फुटाउने अधिकार छैन : रायमाझी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको तलाउमा थरीथरीका डुंगा दौडिरहेका छन् । तलाउमा हावाहुरी चलिरहेको देखिन्छ, माझी सीमित छन् तर यात्रु धेरै । पानीको वहाबभन्दा उल्टो गतिमा चलेका डुंगाले तालमा उथलथुथल छ, यात्रु हैरानीमा छन् ।

नेकपा डुंगामा चढ्नेमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पनि एक हुन् । यी ‘माझी’ आफू अप्ठ्यारोमा परेको डुंगालाई सकुशुल पार लगाउने कोशिसमा रहेको बताउँछन् । नेकपा विवाद र समाधानमा उनको मतबारे बबिता शर्माले गरेको कुराकानी:

प्रकाशित : श्रावण १४, २०७७ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×