१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पहिरोले गुल्मीका दश परिवार विस्थापित 

वीरेन्द्र केसी

अर्घाखाँची — अविरल वर्षासँगै पहिरो खस्दा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ बाँस्कोट गाउँमा दश परिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको स्कुल र छिमेकीको घरमा राखिएको छ । 

लगातारको वर्षाले बस्तीमा माथिबाट खसेको पहिरोले स्थानीय बाबुराम दमाई, जयबहादुर दमाई, टोपबहादुर दमाई, तेजबहादुर दमाई र केशवबहादुर परियारको परिवारलाई नजिकैको जनता बाल निकेतन मावि स्कुलमा सुरक्षित राखिएको वडाध्यक्ष नन्दराम अर्यालले बताए । दिलबहादुर राना, कर्णबहादुर दमाई, झगबहादुर सुनार, माया कुमाल, विष्णुबहादुर सुनारको घर पनि उच्च जोखिममा रहेकाले अन्यत्र सार्न थालिएको उनले बताए । घरमा बस्न नमिल्ने गरी पहिरोले चर्काएको छ । पहिरोले सिंगो बस्ती नै बगाउन सक्ने खतरा भएकाले सबैलाई स्कुल, छिमेकीको घरमा व्यवस्थापन गर्ने तयारी गरिएको वडाध्यक्ष अर्यालले बताए । वर्षाकै कारण गाउँमा आउने सबै कच्ची सडक अवरुद्ध भएका छन् ।

विस्थापितलाई वडा कार्यालयले खाने व्यवस्था गरिएको उनले बताए । यसैबीच बुटवलबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रक खसीमारे भन्ने स्थानमा पहिरोले बगाएको प्रहरीले जनाएको छ । चालक र सहचालक हाम फालेर बाँच्न सफल भएका छन् । ट्रकमा ५ लाख २५ हजार बराबरका हार्डवेयरका सामान रहेको बताइएको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?