कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देहीमा ३ जना भारतीयमा कोरोना 

अमृता अनमोल

बुटवल — भारतबाट आएर बुटवलको एक होटलमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्कस्थित एक होटलमा बसेका उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना देखिएको हो । 

रुपन्देहीमा ३ जना भारतीयमा कोरोना 

जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार उनीहरु बुटवल–४ अमरपथमा रहेको एक सिरक डसना भण्डारमा काम गर्ने मजदुर हुन् । उनीहरु बुधबार भारतबाट आएका थिए । पसल सञ्चालकले कोरोना परीक्षणपछि मात्रै काममा लगाउने भन्दै ७ गतेदेखि होटलमा राखेका थिए ।

शुक्रबार उनीहरुमा कोरोना पोजिटिभ देखिएपनि उपमहानगरले सोमबार मात्रै सार्वजनीक गरेको हो ।

जनस्वास्थ्य अधिकृत सिंहले स्वास्थ्य सावधानी अपनाए पनि त्रास फैलन नदिन घटना सार्वजनिक नगरेको बताए । उनीहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवल धागो कारखाना रामनगरको कोरोना विशेष अस्पतालमा राखिएको छ । संक्रमित बसेको होटललाई सिल गरिएको छ । त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाइनमा राखिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?