चरेससहित ६ जना पक्राउ
काठमाडौँ — प्रहरीले घोराहीबाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१४ बसपार्कस्थित रोल्पा नुवागाउँ होटेलमा लुकाइराखेको चरेससहित सोमबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–२५ का ४० वर्षीय सन्तोष गुरुङ, रोल्पा नगरपालिका–१० का २२ वर्षीय आकाश विक, २२ वर्षीय जीतकुमार विक, थवाङ गाउँपालिका–५ रोल्पाकी ४० वर्षीया कमला घर्ती, परिवर्तन गाउँपालिका ४ रोल्पाकी ४५ वर्षीया जुनु बुढा र बनगार नगरपालिका–१२ सल्यानका २८ वर्षीय डिलबहादुर विक रहेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।
प्रकाशित : श्रावण १२, २०७७ १९:२७
प्रतिक्रिया