चरेससहित ६ जना पक्राउ

दुर्गालाल केसी

काठमाडौँ — प्रहरीले घोराहीबाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१४ बसपार्कस्थित रोल्पा नुवागाउँ होटेलमा लुकाइराखेको चरेससहित सोमबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

चरेससहित ६ जना पक्राउ

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–२५ का ४० वर्षीय सन्तोष गुरुङ, रोल्पा नगरपालिका–१० का २२ वर्षीय आकाश विक, २२ वर्षीय जीतकुमार विक, थवाङ गाउँपालिका–५ रोल्पाकी ४० वर्षीया कमला घर्ती, परिवर्तन गाउँपालिका ४ रोल्पाकी ४५ वर्षीया जुनु बुढा र बनगार नगरपालिका–१२ सल्यानका २८ वर्षीय डिलबहादुर विक रहेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।

प्रकाशित : श्रावण १२, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?