१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काठ तस्करीको अभियोगमा ११ जना पक्राउ

दुर्गालाल केसी

दाङ — काठ तस्करीको अभियोगमा देउखुरीमा ११ जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका–४ देविकोटस्थित राष्ट्रिय वनबाट आइतबार राति १२ बजेतिर सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविण विडारीले बताए । उनीहरुको साथबाट १५ थान काठ बरामद भएको उनले जानकारी दिए ।

काठ तस्करीको अभियोगमा ११ जना पक्राउ

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ का २५ वर्षीय विरबहादुर वली, १८ वर्षीय शिशिर शाही, १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, २७ वर्षीय विष्णु गिरी, १८ वर्षीय राहुल भुसाल र २१ वर्षीय मनोज श्रेष्ठ छन् । यसैगरी राप्ती गाउँपालिका–८ का २४ वर्षीय दुर्गे थापा, १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सञ्जिव विक पक्राउ परेको विडारीले बताए । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए । अन्य १० जना फरार रहेको र उनीहरुको खोजी भइरहेको विडारीले जानकारी दिए ।

प्रकाशित : श्रावण १२, २०७७ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?