पीसीआर परीक्षण गराउन अन्तरिम आदेश जारी- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीसीआर परीक्षण गराउन अन्तरिम आदेश जारी

रुपा गहतराज

नेपालगन्ज — उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीहरुलाई कोरोना संक्रमण एकिन गर्न पीसीआर परीक्षण गराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हेमराज पन्तको एकल इजलासले जिल्ला प्रशासन कार्यालय बाँके, कारागार कार्यालय बाँके, बाल सुधारगृह डुडुवा, स्वास्थ्य कार्यालय बाँके र कार्यालयका प्रमुखका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

बालसुधार गृह तथा कारागारमा रहेका थुनुवा कैदीको क्षमताभन्दा बढी संख्याको अवस्था, कारागार कार्यालय बाँकेमा रहेका एकजना थुनुवा र सुरक्षाकर्मी समेतलाई कोरोना संक्रमण भइसकेको अवस्थामा हुन सक्ने मानवीय क्षति समेतलाई मध्यनजर राखि सम्पूर्ण थुनुवा तथा कैदीबन्दीको तत्काल पीसीआर परीक्षण तथा अन्य स्वास्थ्य सम्बन्धी परीक्षण गराउन, कोरोना भाइरसको थप संक्रमण हुन बाट रोक्नको लागि सर्तकता व्यवस्था अवलम्वन गराउन, पक्राउ परेका व्यक्तिलाई अदालतमा उपस्थित गराउँदा र बालसुधार गृह एवं कारागार कार्यालय बाकेमा लैजानुपूर्व अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नु गराउनु भनी कानून व्यवसायीहरुले रिट निवेदनमा अन्तरिम आदेशको माग दाबी गरेका थिए ।

प्रकाशित : श्रावण १२, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट एक भारतीयसहित थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक छ्न् । कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटु तथा मधुमेहका रोगी थिए ।

त्यसैगरी धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको साउन ११ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

त्यसका साथै मृत्यु हुनेमा बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । उनको मृत्यु त्रिवि शिक्षण अस्प्तालमा उपचारका क्रममा साउन १२ गते मृत्यु भएको हो । उनी मिर्गौला, मष्तिष्कघात तथा निमोनियाबाट ग्रस्त थिए ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको बताए ।

प्रकाशित : श्रावण १२, २०७७ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×