कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियाको क्वारेन्टाइनमा एक युवकद्वारा आत्महत्या

ठाकुरसिंह थारु

बर्दिया — ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बसेका रामबहादुर साउदले आइतबार आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भएका उनी १० दिनअघि भारतको राजस्थानबाट फर्किएका थिए ।

उनी सैनवारमा रहेका आफन्तकहाँ बस्ने भन्दै नाकाबाट भित्रिए पनि घरमा कोही नभेटेपछि पाटीमै बसेका थिए । पाटीमै बसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार रजौरेले जानकारी दिए ।

आइतबार कोरोना परीक्षणका लागि पीसीआर गर्न स्वाब संकलन गरिएको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आएको छैन । उनी डिप्रेसनको बिरामी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्वारेन्टाइन पछाडिको रुखमा तन्नाको पासो लगाएर उनले आत्महत्या गरेका हुन् । कोरोना रिपोर्ट नआएकाले शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?