पहिरोले सिद्धार्थ राजमार्ग भासियो

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गको पक्की सडक भासिने गरी तिनाउ–३, दोभान नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । दोभान बजारदेखि ५ सय मिटर अगाडि नागमन्दिर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिने गरी पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले बताए ।

पहिरोले सिद्धार्थ राजमार्ग भासियो

उनका अनुसार रातभरको वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । माथिल्लो सिद्धबाबा नजिकको खोल्सामा पनि माथिल्लो भागबाट ठूला ढुंगा खसेको छ । चिडियाखोलातर्फ र दोभानतर्फबाट सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

तिनाउ गाउँपालिका–३, झुम्सा पानीमिल, दोभानको नाग मन्दिर र माथिल्लो सिद्धबाबा नजिक पहिरो खसेको र पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । पहिरो पन्छाउने क्रम जारी रहे पनि वर्षा नरोकिएकाले समस्या भएको छ ।

सडकमा पहिरो खसेपछि पाल्पाबाट बुटवल साथै बुटवलबाट पाल्पा स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र म्याग्दीतर्फ हिँडेबम सवारी साधनहरु बाटोमै रोकिएका छन् । सडक डिभिजनको समन्वयमा पहिरो खुलाउन प्रयास गरिएको प्रहरीले जनाएको छ । वर्षासँगै खसेको पहिरोले ग्रामीण सडकहरू पनि अवरूद्ध भएका छन् ।


प्रकाशित : श्रावण १२, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?