१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खोलाले बगाउँदा पाल्पामा एक जनाको मृत्यु 

कान्तिपुर संवाददाता

पाल्पा — माथागढी गाउँपालिका–२, चिदीपानीमा खोलाले बगाएर ५३ वर्षीय हर्कबहादुर सारुको आइतबार मृत्यु भएको छ । बधवाँरीमा तिनाउ खोला तर्ने क्रममा ५३ वर्षीय सारुको मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

वर्षासँगै खोला बढेको र खोला तर्ने क्रममा बगाएर दुई सय ५० मिटर तल लगेको प्रहरीले जनाएको छ । जिल्लामा यस वर्ष खोलाले बगाएर ४ जना र पहिरोमा पुरिएर ४ जना गरी ८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण १२, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?