२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

९ किलो अफिमसहित ३ पक्राउ

हरि गौतम

रुकुम पूर्व — प्रहरीले ९ किलो १ सय ग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।

९ किलो अफिमसहित ३ पक्राउ

पुथा उत्तरगंगा गाउँपालिका–१२ नयाँ बजारबाट ४० वर्षीय अमरजित पुन, ३४ वर्षीया प्रतिभा पुन र ३५ वर्षीया गाइने कामीलाई अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको टोलीले साउन ९ गते उनीहरुलाई पक्राउ गरेको डीएसपी बज्राचार्यले बताए । प्रहरीले उनीहरुको साथबाट अफिम नापतौलमा प्रयोग डिजिटल तराजु समेत बरामद गरेको छ ।

प्रकाशित : श्रावण ११, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?