२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सैनामैनामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

अमृता अनमोल

बुटवल — पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  पाँच जना घाइते भएका छन् ।  दुर्घटनामा प्यूठान स्वर्गद्वारी नगरपालिका–६ का ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको छ । 

सैनामैनामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ११, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?