कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पहिरो पन्छाएर एकतर्फी खोलियो सिद्धार्थ राजमार्ग

माधव अर्याल

पाल्पा — पहिरोले बुधबार बिहान फेरि थुनिएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड एकतर्फी रूपमा खुलाइएको छ । लेदो माटोसहित खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी रुपमा सवारी सञ्चालन हुन थालेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर एकतर्फी खोलियो सिद्धार्थ राजमार्ग

सडक डिभिजनको समन्वयमा काम भइरहे पनि दुईतर्फी सञ्चालन गराउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । राजमार्गका अन्य स्थानमा पनि पहिरोकै कारण एकतर्फी रूपमा सवारी आउजाउ गराइँदै आएको छ । ती स्थानमा पूरै पहिरो पन्छाएर दोहोरो सवारी पास हुने गरी सडक खोल्ने प्रयास जारी छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको नागमन्दिर, पैठेडाँडा, दोभान, कालीमाटी, गौडेपुललगायत दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । तानसेन नगरपालिकाको लामीडाँडामा रुखसहित पाखो खसेको थियो । बिहानैदेखि प्रहरी, स्थानीयको सहयोगमा पहिरो हटाएर सवारी सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७७ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?