२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डुबेको अशोक स्तम्भबाट पानी फाल्न थालियो

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–५ गोटिहवास्थित ऐतिहासिक तथा पुरातात्विकस्थल अशोक स्तम्भमा जम्मा भएको पानी फाल्न थालिएको छ । एक महिनादेखि डुबेको स्तम्भबाट लुम्बिनी विकास कोषका कर्मचारीले ३ दिनदेखि पम्पसेट लगाएर पानी फालिरहेका छन् । 

डुबेको अशोक स्तम्भबाट पानी फाल्न थालियो

खाल्डो भएको ठाउँमा हुँदा वर्षायाममा पानी जम्दा स्तम्भ वर्षेनी डुबानमा पर्दै आएको छ । अबको दुईदिनमा सबै पानी फालिसक्ने कोषका तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।

हल्का फुक्का बलौटे ढुंगाले बनेको स्तम्भ पानीमा डुब्दा क्यापिलरी एक्सन भएर त्यसलाई असर गरिरहेको वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले बताए । ‘ढुगाले पानी सोस्छ । त्यसकारण नुनिलो पानीले कमजोर हुँदै गएको छ,’ उनले भने, ‘त्यसलाई सक्दो छिटो संरक्षण गर्नु पर्छ ।’

करिब १० फिट ८ इन्च लामो स्तम्भलाई पानीले ४ फिट बढी डुबाएको छ । स्तम्भ भएको ठाउँ खाल्डो भएकाले पनि पानी जमेर डुब्‍ने गरेको हो । पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाइरहेको लुम्बिनी विकास कोष सदस्य सचिव ज्ञानीन राईले बताए ।

यो पनि पढ्नुहोस्ः

पानीमुनि अशोक स्तम्भ !

अशोक स्तम्भ डुबानमा [तस्बिरहरु]

प्रकाशित : श्रावण ४, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?