१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिद्धार्थ राजमार्ग खुल्यो 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन—बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बिहानैदेखि अवरुद्ध सडक सुचारु भएको छ । दुवैतर्फबाट सडक डिभिजन पाल्पाले पहिरो सफा गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनका अनुसार माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन ढिलाइ भएको हो । 

सिद्धार्थ राजमार्ग खुल्यो 

पहिरो सफा गरेपनि जोखिम भने कायमै रहेको उनले बताए । उनले भने, ‘दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ ।’ राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट पााच दिनअघि पनि पहिरो खसेर एक दिन पूरै अवरुद्ध भएको थियो ।

प्रभास प्रहरी चौकी प्रमुख एक्काबहादुर नेपालीका अनुसार जतिबेला पनि पहिरो खस्ने जोखिम कायमै छ । ‘नदेखिने गरी माथिल्लो भागबाट पहिरो खसेको छ,’ उनले भने, ‘पानी पर्ने हो भने रातिको यात्रा कठिन हुनसक्छ ।’ दुई वर्षअघि यही स्थानमा माथिबाट पहिरो खस्दा कार दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । वर्षासागै राजमार्गको दोभान बजार नजिकै पैठेडााडामा लेदोसहितको पहिरो खसेका कारण बन्द भएको सडक पनि सुचारु भएको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरले बताए । पााच दिन अघि पनि सोही ठाउामा पहिरो खसेर तीन दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित : श्रावण २, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?