चन्दा मागेको आरोपमा दुई जना पक्राउ

दाङ — नेत्रविक्रम चन्द समूहको नामबाट व्यापारीसँग चन्दा माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका ५ हापुरेका २८ वर्षीय भास्कर वली र १९ वर्षीय कृष्ण वली छन् ।

चन्दा मागेको आरोपमा दुई जना पक्राउ

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार, बबई गाउँपालिका ५ हापुरेस्थित गौतम टेडर्सका सञ्चालक निमकान्त गौतमसँग ८ लाख ६५ हजार रकम चन्दा मागेको उनीहरुमाथि आरोप छ । तीन दिनभित्र चन्दा नबुझाए मारिदिने धम्की दिएको डम्बरपालले बताए । केबललाई सोमबार र भाष्करलाई मंगलबार पक्राउ गरिएको हो ।

उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभअर्न्तगत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : असार ३१, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?