अज्ञात समूहको आक्रमणबाट एकै परिवारका ३ जना घाइते

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका—५ मा सोमबार राति अज्ञात समूहको आक्रमणबाट एकै घरका तीनजना घाइते भएका छन् । आक्रमणमा मधुवन नगरपालिका—५ को गाउँ नम्बर ७ का ५० वर्षीय थलन थारु, ५० वर्षीय श्रीमती फुलिया र छोरा २८ वर्षीय रामकुमार घाइते भएको प्रहरी उपरीक्षक एंव प्रवक्ता योगेन्द्र खड्काले बताए ।

घाइतेमध्ये थलनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनकी श्रीमती फुलिया र छोरा रामकुमारको अवस्था खतरामुक्त रहेको छ । उनीहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । राति घरमा सुतिरहेको अवस्था ४–५ जनाको समूहले घरभित्र पसेर दाउराको चिरपटले हिर्काएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा प्रहरीले ४ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३०, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?