टिपरले ठक्कर दिँदा नेपालगन्जमा एक साइकलयात्रीको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — टिपरले ठक्कर दिँदा नेपालगन्जका एक वृद्धको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेपालगन्ज उपमहानगरपालिका–११ भट्टीटोलका ६० वर्षीय साइकलयात्री बुद्धबहादुर लखेरको उपचारका क्रममा ज्यान गएको हो ।

आइतबार बेलुका धम्बोझीबाट खजुरातर्फ जाँदै गरेको भे१ख ३००३ नम्बरको टिपरले नेपालगन्ज उपमहानगरपालिका १– नन्दनी मिल नजिकै साइकलमा हिँडिरहेका लखेरलाई ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै लखेरलाई उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । साइकल यात्रीलाई ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।

प्रकाशित : असार २९, २०७७ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?