कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देहीमा बस गुड्न थाले

सन्जु पौडेल

तिलोत्तमा — रुपेन्देहीको बुटवल–भैरहवा रुटमा एसी बस सञ्चालनमा ल्याइएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनपछि रोकिएका लुम्बिनी मेट्रोसिटी प्रालिका बस आइतबार बिहानबाट सञ्चालमा आएका हुन् । अध्यक्ष धनबहादुर अधिकारीले यहाँका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी गाडी चलाएको बताए ।

रुपन्देहीमा बस गुड्न थाले

बस सञ्चालन गर्दा सरकारको निर्देशन अनुसारका सुरक्षाका मापदण्डमा पुर्‍याइएको उनले बताए । उक्त कम्पनीका ८ बस रहेका छन् । ती गाडी एक–एक घन्टाको फरकमा छुटेका छन् ।

सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धि गरेर संचालन गर्न पाउने निर्देशनअुनसार सोमबारबाट बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्‍चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए । यहाँ रहेका पश्चिम नेपाल, सिद्धार्थ लगायत अन्य कम्पनीका गाडीहरु भने अझै सञ्चालनमा आएका छैनन् ।

प्रकाशित : असार २८, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?