१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बबईकाे बाढीमा दुई जना बेपत्ता

कमल पन्थी

बर्दिया — शनिबार दिउँसो बबई नदीको भेलले बगाउँदा बेपत्ता भएका बर्दिया ठाकुरबाबा नगरपालिका—४ खैलारका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ ।

नदीमा बगाएर आएको दाउरा लिन गएका सोही ठाउँका २५ वर्षीय जीतबहादुर थारु र २६ वर्षीया रामकुमारी थारुलाई बबईले बगाएको प्रहरी उपरीक्षक केदार रोजौरेले बताए ।

शनिबार अबेरसम्म प्रहरी र स्थानीयवासीले खोजी गरेपनि थारु दम्पत्ती फेला परेका छैनन् ।

आइतबार बिहानदेखि खोजी कार्य सुरु गरिएको प्रहरी उपरीक्षक रोजौरेले बताए । उपरीक्षक रजौरेका अनुसार बबईमा जलस्तर बढी भएकोले गोताखोर र बोट पठाउने तयारी भइरहेको छ । सदरमुकाम गुलरियादेखि करिब २८ किलोमिटर पश्चिम उत्तरमा रहेको खैलारका बासिन्दा बिहानैदेखि खोजी कार्यमा लागेका छन् ।

प्रकाशित : असार २८, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?