१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बबईमा पानी बढेपछि स्थानीयलाई सतर्क रहन प्रशासनको आग्रह

कमल पन्थी

बर्दिया — बिहीबार रातिबाट परेको अविरल वर्षाले बबईमा जलस्तर बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालका अनुसार बबईमा जलस्तर ४ दशमलव १३ मिटर मापन गरिएको जनाएको छ । 

बाढी आउन ६ दशमलव १ मिटर भएकोले स्थानीय प्रशासनले बबई तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । अविरल वर्षासँगै बबईमा जलस्तर बढ्दै गएपछि सर्तकता अपनाइएको स्थानीय प्रशासनले जनाएको छ । दाङमा पानी पर्नासाथ बबईमा बाढीको जोखिम हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सुरक्षा निकायका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीनै अंगका गोताखोरलाई उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको बताए । शुक्रबार बबईमा तीनै अंगका गोताखोरलाई बबई नदीको भेलमा प्रशिक्षण दिइएको छ ।

०७१ सालमा आएको बाढीले ३४ जनाको ज्यान जानुका साथै जिल्लाको अधिकांश भूभाग डुबानमा परेको थियो । त्यसताका ३० हजार बढी बाढीले प्रभावित भएका थिए । बाढीले बारबर्दिया नगरपालिका—१ ढुग्रवा र गुलरिया नगरपालिका—४ को रामपुर टप्पु गाउँ बगाएको थियो । ०७४ सालमा बाढीले २० हजार बढी प्रभावित हुनका साथै ४ जनाको ज्यान गएको थियो ।


प्रकाशित : असार २६, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?