कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गण्डक ब्यारेजको १६ वटा ढोका खोलियो

नवीन पौडेल

परासी — नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको १६ वटा ढोका खोलिएको छ । २ लाख १५ हजार क्युसेक प्रति सेकेन्ड पानीको बहाव पुगेपछि ब्यारेजको ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकृत तारा सिहंले बताए । ‘पानीको बहाव बढ्दो क्रममा भएकाले ब्यारेजको १६ वटा ढोका खोलियो ।,’ उनले भने, ‘ब्यारेजको ढोका खोल्ने नखोल्ने भारतीय पक्षमा निहित छ । पानीको प्रवाह अनुसार क्रमश थप ढोका खुल्दै जानेछन् ।’

गण्डक ब्यारेजको १६ वटा ढोका खोलियो

शुक्रबार दिउँसो १० दशमलव ४५ मिटर पानीको सतह पुगेपछि सम्भावित जोखिम हुने भन्दै ढोका खोलिएको हो । ११ मिटरपछि खतरा मानिन्छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले तटीय क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको र खतराको संकेत नजिक पुगेकाले सजग रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए । सम्भावित दुघर्टनालाई मध्यनजर राखेर जिल्लामा उद्धार र व्यवस्थापनका लागि सुरक्षाकर्मीलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ ।


प्रकाशित : असार २६, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?