कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पश्‍चिम नवलपरासीमा खोलाले बगाउँदा २ जनाको मृत्यु

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । 

शुक्रबार दिउँसो बर्दघाट नगरपालिकाको खहरे खोलाले बगाउँदा स्थानीय २० वर्षीय सुधीर बिक र १८ वर्षीय प्रवीण बिकको मृत्यु भएको हो । उनीहरु बाढी आएको समयमा माछा मार्न गएका थिए ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होमनाथ रेग्मीका अनुसार माछा मार्न जाँदा प्रवीणलाई खोलाले बगाएको र साथीलाई बचाउन खोज्दा सुधीरलाई समेत बगाउँदा ज्यान गएको हो । दुबै शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।

प्रकाशित : असार २६, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?