३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘बहसलाई सडकमा ल्याउनु पार्टी आचरणभित्र पर्दैन’

सन्जु पौडेल

तिलोत्तमा — नेकपा निकटका युवा तथा विद्यार्थीले पार्टी केन्द्रमा देखिएको विवादलाई आन्तरिक छलफलबाटै टुंग्याउन नेतृत्वलाई आग्रह गरेका छन् । युवा तथा विद्यार्थीले बिहीबार नेकपा ५ नम्बर प्रदेश कमिटीलाई ज्ञापन पत्र बुझाउँदै स्थायी कमिटीको बैठक चलिरहँदा एउटा जीवन्त पार्टीमा हुने बहसलाई अतिरन्जित बनाउँदै सडकमा आइ पक्ष र विपक्षमा देखाउनु, पार्टीका नेताहरुलाई लालच्छना लगाउनु कम्युनिस्ट पार्टीको आचरणभित्र नपर्ने स्पष्ट पारेका हुन् ।

‘बहसलाई सडकमा ल्याउनु पार्टी आचरणभित्र पर्दैन’

प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकालमार्फत प्रदेश कमिटीलाई बुझाइएको ज्ञापनपत्रमा युवा तथा विद्यार्थीले यस्ता गतिविधि रोक्न नेतृत्वलाई आग्रह गरेका छन् । नेकपा कमजोर हुँदा राष्ट्रियता कमजोर हुने र स्वदेशी–विदेशी प्रतिक्रियावादीहरुको उद्देश्य पूरा हुने जनाउँदै उनीहरुले ज्ञापनपत्रमा पार्टीको आन्तरिक जीवनका छलफलहरुलाई लेनिनवादी संगठनात्मक पद्धतिमार्फत हल गर्नु आमपार्टी पंक्तिको दायित्व रहेको जनाइएको छ । ‘यो दायित्वबाट नेकपाको नेता तथा कार्यकर्ता कोही पनि वञ्चित हुन पाउँदैन । छलफलमा आएका विषयहरुलाई कमिटीगत प्रणालीबाटै हल गरी पार्टीलाई थप एकतावद्ध पार्दै आम जनताको चासोलाई सम्बोधन गर्नको लागि युवा तथा विद्यार्थी जोडदार माग गर्दछौं ।’ ज्ञानपपत्रमा भनिएको छ ।

तीन सय बढी युवा तथा विद्यार्थीको हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्र बुझाउने कार्यक्रममा युवा नेता राजु गुरुङ, युवा संघका केन्द्रीय सदस्य जीतेन्द्र पुन, सरिता श्रीस, जिल्ला संयोजक कृष्ण थापा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : असार २५, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?