२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आइसोलेसनबाट घर पठाइएका युवकद्वारा आत्महत्या

माधव अर्याल

पाल्पा — कोरोनामुक्त भएर घर फर्किएका रम्भा गाउँपालिका–४, हुमिनका २० वर्षीय युवकले सोमबार राति आत्महत्या गरेका छन् । लुम्बिनी मेडिकल कलेजको आइसोलेसन कक्षमा १५ दिन बसेर फर्केकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर विकले बताए ।

२८ दिनसम्म गाउँकै क्वारेन्टाइनमा बसेर कोरोना पोजिटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेजमा राखिएको थियो । उनी एक महिनाअघि भारतको मुम्बईबाट घर फर्केका थिए । २८ दिनसम्म विद्यालयको क्वारेन्टाइनमा १५ दिन अस्पतालको आइसोलेसनमा बसेका थिए ।

रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो गाइडलाइनअनुसार आइसोलेसनमा बसेको १५औं दिनमा उनलाई घर पठाइएको थियो ।

प्रकाशित : असार २३, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?