चरेससहित दुईजना पक्राउ

कान्तिपुर संवाददाता

रुपन्देही — बुटवलबाट साढे २२ केजी चरेस बरामद भएको छ । बुटवल उपमहानगरपालिका–१२ हरियाटोलमा धनबहादुर दमाईको खाली घरमा खानतलासी गर्दा सोमबार चरेस फेला परेको हो । 


चरेससँगै गुल्मी मदाने गाउँपालिका–७ का मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका–८ स्यालपाखाका रतिभान दमाई पक्राउ परेका छन् ।प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको टोलीले प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले उनीहरुलाई दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले बताए ।

प्रकाशित : असार २२, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

हत्या आरोपी पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकामा धारिलो हतियार प्रयोग गरि छिमेकीको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–५ का ४१ वर्षीय गौरव खडकालाई बिहान घर नजिकै लुकिछिपि भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

शनिबार राति धारिलो हतियार प्रयोग गरी छिमेकी गोपाल कुँवरको हत्या गरेर खडका फरार भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए ।


प्रकाशित : असार २२, २०७७ १४:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×