कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कान्तिपुरकर्मी बडुवाल पुरस्कृत

बुटवल — रिपोटर्स क्लब प्रदेश ५ ले दोस्रो स्थापना दिवसका अवसरमा सोमबार कान्तिपुरकर्मी दीपेन्द्र बडुवाललाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । बिहान आयोजित ‘कोरोना महामारी सुशासन र चुनौती’ विषयक अन्तरक्रिया, स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा नगदसहित बडुवाललाई सम्मान गरेको हो ।

कान्तिपुरकर्मी बडुवाल पुरस्कृत

पत्रकारिताको माध्यमबाट कोरोना महामारीका बेला सामाजिक दायित्व बहन गरेको भन्दै बडुवाललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । उक्त अवसरमा कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गरिरहेका कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापालाई समेत क्लबले कदरपत्र प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विषम परिस्थितमा पनि प्रदेश सरकारले अन्य प्रदेशका तुलनामा धेरै क्वारेन्टाइन, आइसोलेसन सेन्टर स्थापना गरी नागरिकको स्वास्थ्यका लागि उत्तरदायी भूमिका निर्वाह गरेको बताए ।

‘महामारीलाई चिर्दै, कसरी अघि बढ्ने भन्नेबारे पनि पत्रकारले कलम चलाउनुपर्छ,’ उनले भने, ‘जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको मूल्यांकन सरकारले गर्नेछ ।’

प्रकाशित : असार २२, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?