कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नेतृत्वलाई दबाब दिन रुपन्देहीमा नेकपाका युवा कार्यकर्ताद्वारा धर्ना

सन्जु पौडेल

तिलोत्तमा — शीर्ष नेतालाई विधि र पद्धतिमा राख्न दबाब स्वरुप रुपन्देहीमा आइतबार नेकपाका युवा कार्यकर्ताले धर्ना दिएका छन् । केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण पार्टी एकता संकटमा परेको भन्दै उनीहरुले दबाब दिएका छन् । नेकपा निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेताहरुले जिल्ला पार्टी कार्यालय रुपन्देहीमा धर्ना दिँदै एउटा व्यक्तिको हठका कारण पार्टीको एकता नै संकटमा परेको भन्दै नेताहरु सच्चिनुपर्ने माग गरेका छन् ।

नेतृत्वलाई दबाब दिन रुपन्देहीमा नेकपाका युवा कार्यकर्ताद्वारा धर्ना

‘व्यक्तिभन्दा पार्टी ठूलो हो, एउटा व्यक्तिको हठले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्छ’, ‘तिमी पार्टी मान्दैनौ ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं !’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरुले शीर्ष नेताले विधिको पालना नगरेको भन्दै धर्ना दिए ।

धर्नामा सहभागी युवा–विद्यार्थीले पार्टीको संस्थागत निर्णय मान्न र आफ्ना कमजोरी सच्चाउन नेताहरुलाई खबरदारीसमेत गरेका छन् । उनीहरुले पार्टीभित्रको आन्तरिक बहसको विषयलाई लिएर सत्तापक्ष नै सडकमा जानु लोकतन्त्रको उपहास भएको धारणा राखे । पार्टी विवादलाई सडकमा छताछुल्ल पार्दा त्यसले प्रतिक्रियावादीको सेवा गर्ने भन्दै उनीहरुले नेतृत्वलाई खबरदारी गरेका छन् ।

प्रकाशित : असार २१, २०७७ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?