क्‍वारेन्टाइनबाट भागेका ८ मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि

माधव अर्याल

पाल्पा — पीसीआर विधिबाट स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्‍वारेन्टाइनबाट भागेका ८ मध्ये १ जनामा कोरोना पोजिटिभ देखिएको छ । तिनाउ गाउँपालिका–३, झुम्साको तिलोत्तमा क्वारेन्टाइनबाट बिहीबार भागेकामध्ये १ जनाको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुको पीसीआर रिपोर्ट शुक्रबार आएको तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए । 

क्‍वारेन्टाइनबाट भागेका ८ मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि

तिनाउ गाउँपालिका–५, घुँघराछापका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनीसँगै उनका छोरा, सोही वडाको बिस्कुनडाँडाका २, साविक कोलडाँडाका २, तिनाउ–४, सत्यवती लगाडका १ जना भागेका थिए । भागेर गए पनि उनीहरुलाई गाउँमा पुगेपछि घरमा बस्न भने दिएका छैनन् ।

स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार सबैलाई नजिकको विद्यालयका साथै खाली घरमा राखिएको छ । एक जनालाई पोजिटिभ आएकाले अब उनीहरुसँगको कन्ट्याक्टमा को-को आए भन्नेतर्फ खोजी भइरहेको उनले बताए । उनीहरु क्‍वारेन्टाइनमा बसेको २२ दिन भइसकेको थियो ।

प्रकाशित : असार २०, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?