कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठानमा टिपर दुर्घटना चालक र सह चालकको मृत्यु

प्यूठान — टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । नौबहिनी गाउँपालिका ८ लुप्लुङबाट चुनढुंगा बोकेर दाङको कालाकाटेतर्फ जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको हो ।

प्यूठानमा टिपर दुर्घटना चालक र सह चालकको मृत्यु

दुर्घटनामा नौबहिनी–६ पीपलटारीका ३० वर्षीय चालक रोशन थापा र अन्दाजी २७ वर्षका सह–चालक जोगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

टिपर सडकबाट ५ सय मिटर तल माडी खोलामा खसेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २०, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?