कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

छतको पानी खेतमा गएको भन्दै विवाद हुँदा कुटपिट, ९ जना घाइते

अमृता अनमोल

बुटवल — छिमेकीबीच कुटपिट हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ मधुवनीमा ९ व्यक्ति घाइते भएका छन् । 

सुखनी यादवको छतबाट बगेको पानी प्रदीप पटेलको खेतमा गएको विषयमा शुक्रबार साँझ सवा ७ बजे भनाभन हुँदै कुटपिटमा परिणत भएको थियो । कुटपिटबाट ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । त्यसमध्ये २ जना गम्भीर छन् ।

सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहाल हुँदै लठ्ठी र दाउरा प्रहार भएको थियो । घाइते भएका ९ जनाकै बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा पटेल पक्षका प्रदीप, बोदिक, अजय रीतक पटेर र चन्द्रा भर घाइते भएका छन् । यस्तै यादव पक्षका सुग्रिव, जितेन्द्र, सुखाना र सिसेन्द्र यादव घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चन्द्रा भर र प्रदीप पटेलको आइसीयुमा उपचार भइरहेको छ ।

छिमेकीबीचको अन्य तिक्ततासमेत बलेनीमा पोख्दा विवाद बढेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छपिया खटेको प्रवक्ता खत्रीले बताए ।

प्रकाशित : असार २०, २०७७ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?