१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

बाढीले बगाएर युवा बेपत्ता

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको कञ्चन गाउँपालिका ४ स्थित भैरघाटको नदीमा १७ वर्षीय युवा बेपत्ता भएका छन् ।

कञ्चन नदीको ढावा किनारमा पौडी खेल्ने क्रममा कञ्चन ४ प्रगतिचोक बस्ने टेकबहादुर थापाका १७ वर्षीय छोरा अर्जुन थापालाई नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय केही युवा पौडी खेल्न गएको र त्यस क्रममा थापालाई नदीमा एक्कासी आएको बाढीले बगाएरको प्रवक्ता खत्रीले बताए ।

बेपत्ता भएका थापाको खोजी गर्न गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०७७ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?