२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सडक नबनाएकाे भन्दै रुपन्देहीका स्थानीयले सडकमै रोपे धान

सन्जु पौडेल

तिलोत्तमा — निर्धारित समयमा सडक निर्माण नभएपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ६ पर्सामा किसानले बिहीबार सडकमै धान रोपेर विरोध जनाएका छन् ।

सडक नबनाएकाे भन्दै रुपन्देहीका स्थानीयले सडकमै रोपे धान

उक्त सडक निर्माणका लागि नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेर गत चैतमै उपभोक्ता समिती गठन गरेको थियो । तर, निर्माण सुरु नभएपछि सडक हिल्याएर रोपाइँ गरेर विरोध जनाएको स्थानीय मनोज जैसवालले बताए । ‘उपभोक्ता समितीका मानिस कहाँ छन्, पत्तो छैन’, उनले भने, ‘पहिले नै सक्नुपर्ने कामलाई लकडाउन र अन्य समस्या देखाइ रोकिरहेका छन् ।’

अन्य ठाउँमा विकास निर्माणका काम भइरहेको र लुम्बिनी सांस्कृतिकमा मात्र काम गर्न नपाउने भनी उपभोक्ता समितीले टारिरहेको अर्का स्थानीय जब्बार खानले बताए । जिम्मेवार निकायले ध्यान नदिँदा बजेट फ्रिज हुने र काम नबन्ने देखिएको छ’, उनले भने, ‘स्थानीय सोझो बन्दा विकासका काम अड्किएका छन् । सडक नबन्दा मानिस दिनहुँ साइकल, मोटरसाइकलबाट लडेर दुर्घटना भइरहेको छ । यस विषयमा नगर प्रमुखलाई जानकारी गराएपनि उपभोक्ता समितिलाई जिम्मा दिइएकाले आफूले केही गर्न नसक्ने बताएको खानले बताए ।

झण्डै २ सय मिटर सडकखण्डमा वर्षे झरीले हिलाम्य बनाएको छ । सडकमा नगरप्रमुखले मर्मत गर्ने आश्वासन दिइरहेको अवस्थामा आफूहरुले पर्खिरहे पनि अन्तिम समयमा आएर आफूले गर्न नसक्ने र उपभोक्ता समितीलाई जिम्मा दिएको बताएपछि स्थानीय आक्रोशित भएका हुन् । विरोधमा ५० जना बढी स्थानीयले धान रोपेका थिए ।

प्रकाशित : असार १८, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?