१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाल्पाका संक्रमित एक सातादेखि क्वारेन्टाइनमै 

माधव अर्याल

पाल्पा — केही दिनदेखिको वर्षाले सडक अवरुद्ध हुँदा कोरोना भाइरस संक्रमितहरु एक सातादेखि क्वारेन्टाइनमै बस्न बाध्य छन् । धेरै ठाउँमा पहिरो खसेकाले उनीहरुलाई आइसोलेसन कक्ष तोकिएका स्थानमा लैजान समस्या भएको हो । 

पाल्पाका संक्रमित एक सातादेखि क्वारेन्टाइनमै 

निस्दी गाउँपालिका र रामपुर नगरपालिकाले ५० बेडको मात्र आइसोलेसन कक्ष बनाएका थिए । रामपुरमा १ सय १२ जना कोरोना संक्रमित भेटिएका छन् । निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले रामपुर आफैलाई नपुगेर विद्यालयमै संक्रमित राख्न बाध्य छ । निस्दीमा असार ११ गते एकैपटक ९३ जना संक्रमित देखिएपछि समस्या भएको उनले बताए ।

गाउँपालिकाले गौरीशंकर मावि मित्याल र जनता मावि गल्धामा ४५/४५ बेडको आइसोलेसन कक्ष तयार गरिरहेको छ । असार ११ गते रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई अलगअलग ब्लकमा राखिएको स्वास्थ्य शाखा प्रमुख मगरले बताए । उनका अनुसार खाना खुवाउने र बस्ने ब्लक अलग्गै राखिएको छ । यही समयमा अविरल वर्षाले सबै क्षेत्रमा सडक पहिरो खस्दा अर्को समस्या निम्तिएको उनले बताए । ‘केही दिनदेखि डोजर लगाएर पालिकासम्म आउन सक्ने सडक तयारी हुँदैछ,’ उनले भने, ‘अब बिहीबारबाट आइसोलेसन तोकिएको स्थानसम्म पुग्न सकिएला भन्ने आशावादी छौं ।’

निस्दीको बाँकामलाङस्ति बुद्धी विकास आधारभूत विधालयमा २, राधाकृष्ण मावि बाँकामलाङमा ७, पुरान्थर आधारभूत विद्यालय सहलकोटमा ३, लक्ष्मी मावि झिरुबासमा ३१, गौरीशंकर मावि मित्यालमा २, मित्याल आधारभूत विद्यालयमा १५, जनता मावि गल्धा ढुंगानाबेसीमा १४, वृहस्पति आधारभूत विद्यालय गल्धा फाँटमा १०, गोरखनाथ मावि अर्चले र अकलादेवी विद्यालय अर्चले एक/एकजना, जनप्रिय मावि ज्यामिरेमा ७ जना थिए । जसमा राधाकृष्ण माविका २ जनालाई भैरहवा र बुद्धीविकास आधारभूत विद्यालयका एक जनालाई कोरोना अस्थायी अस्पताल बुटवल लगिएको छ ।

निस्दीमा मात्रै होइन स्थानीय तहले समयमै पूर्वाधार तयार नगर्दा अहिले रामपुर, पूर्वखोलालगायतमा पनि समस्या देखिएको छ । रामपुर नगरपालिकाले पनि संक्रमितलाई क्वारेन्टाइनमै राखेको छ । पूर्वखोला गाउँपालिकाले पनि विद्यालयमै आइसोलेसन कक्ष तयार गरेर राखेको छ । पूर्वखोलामा १ सय ५९ संक्रमित पुगेका छन् ।

प्रकाशित : असार १८, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?